नेप्सेमा हरियाली: ३१ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

नेप्सेमा हरियाली: ३१ अंकले बढ्यो, कारोबार रकम भने घट्यो तरुण खबर १३ श्रावण २०८२, मंगलवार १५:१५
नेप्सेमा हरियाली: ३१ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडाैं, १३ साउन । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.४९ अंकले बढेर ३ हजार २.८० बिन्दुमा बन्द भएको छ, जुन १.०५ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आज ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने ३२१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज विकास बैंक र फाइनान्स समूह घट्दा अन्य सबै समूहमा हरियाली छाएको छ । आज अन्य समूह २.६९ प्रतिशत, माइक्रोफाइनान्स १.५७ प्रतिशत, बैंकिङ १.१४ प्रतिशत, लगानी १.०९ प्रतिशत र निर्जीवन बीमा १.०८ प्रतिशतले बढेका छन् ।