तरुण खबर
१६ श्रावण २०८२, शुक्रबार १२:२५
काठमाडाैं, १६ साउन । संघीय संसदका चार समितिले आज विभिन्न महत्त्वपूर्ण विधेयक र राष्ट्रिय गौरवका आयोजनाहरूको समीक्षाका लागि बैठक गरेका छन् । यी बैठकहरूले देशको कानुन निर्माण र विकास परियोजनाको कार्यान्वयनमा देखिएका चुनौतीहरूमाथि गहन छलफल गरेका हुन् ।
विधेयकमाथि दफावार छलफल
राष्ट्रिय गौरवका आयोजनाको समीक्षा
यसैगरी, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक बसेको थियो । यस बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति समीक्षा गरेको छ । समितिले यी परियोजनाहरूका उपलब्धि, चुनौती र सरकारले चालेका कदमहरूका बारेमा गहन अध्ययन गरेको छ ।


