तरुण खबर
१८ श्रावण २०८२, आईतवार ११:३०
काठमाडाैं, १९ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। गत शुक्रबार ५०० रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३,४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २,२५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य २,२३५ रुपैयाँ थियो।


