तरुण खबर
१८ श्रावण २०८२, आईतवार ११:३४
काठमाडाैं, १९ साउन । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज (साउन १८ गते) पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।
यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलको ब्याजदरमा नै रकमको निर्धारण गरिनेछ।
आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी बोलकबोल गर्न सक्नेछन्।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिनेछ। यसको साँवा र ब्याज भुक्तानी भने भदौ २९ गते गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।
यसअघि पनि राष्ट्र बैंकले साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब र साउन १४ गते २५ अर्ब रुपैयाँ गरी ठूलो रकम बजारबाट खिचिसकेको छ।


