प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधानमन्त्री सिंहलाई कार्यभार

प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधानमन्त्री सिंहलाई कार्यभार तरुण खबर १९ श्रावण २०८२, सोमबार १२:४१
प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधानमन्त्री सिंहलाई कार्यभार

काठमाडाैं, १९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा उनको दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकाेका छन्।

प्रधानमन्त्री ओली हिजो राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यहरू उपप्रधानमन्त्री सिंहलाई सम्हाल्ने गरी जिम्मेवारी दिएको हो।