आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक हुँदै तरुण खबर १९ श्रावण २०८२, सोमबार १४:४९
आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडाैं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशन सम्बन्धी निर्णय लिनका लागि आज साँझ ५ बजे बैठक बस्दैछ।

बोर्डले हिजो (आइतबार) नतिजा प्रणालीको परीक्षण (डेमो) गरिसकेको र सबै तयारी पूरा भएको जानकारी दिएको छ। सामान्यतया साउन १५ गतेभित्रै नतिजा प्रकाशन हुने तालिका भए पनि यसपटक चैतमा भएको शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिक गर्न केही ढिलाइ भएको हो।

यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको थियो। जसमा देशभरबाट कुल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थीहरू सहभागी भएका थिए। अब विद्यार्थीहरूको लामो प्रतीक्षा आज साँझ सकिने सम्भावना रहेको छ।