उच्च अंकले घट्यो सेयर बजार, कारोबारमा निरन्तर गिरावट

उच्च अंकले घट्यो सेयर बजार, कारोबारमा निरन्तर गिरावट तरुण खबर २० श्रावण २०८२, मंगलवार १५:१८
उच्च अंकले घट्यो सेयर बजार, कारोबारमा निरन्तर गिरावट

काठमाडाैं, २० साउन । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ। सोमबार पनि दोहोरो अंकले घटेको बजार आज ४१.७८ अंकले घटेर २८ सय ३३.५७ बिन्दुमा झरेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि निरन्तर कमी आएको छ। आज ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँमा किनबेच भएका छन्। हिजोको कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ थियो।

यद्यपि, बजार घटे पनि दुई लघुवित्त कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो।

समाज लघुवित्तको सेयर भाउ प्रतिकित्ता २४९.७९ रुपैयाँले बढेर २ हजार ७४८.२० रुपैयाँ कायम भएको छ। त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको सेयर भाउ २२६.६६ रुपैयाँले बढेर २ हजार ४९३.४० रुपैयाँ पुगेको छ। आज कारोबारमा आएका कुल कम्पनीमध्ये ४७ वटाको सेयर भाउ बढेको छ।