कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य, विषादी व्यवस्थापन विधेयक पारित

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य, विषादी व्यवस्थापन विधेयक पारित तरुण खबर २२ श्रावण २०८२, बिहीबार १२:३८
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य, विषादी व्यवस्थापन विधेयक पारित

काठमाडाैं, २२ साउन । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गरेका छन्। बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको सभामुख नन्दा गुरुङले जानकारी दिइन्।

यो अधिवेशनमा कुल ३४ वटा बैठक बसी ६४ घण्टा ४२ मिनेट ४० सेकेन्डसम्म सभामा छलफल भएको थियो। छैटौँ अधिवेशनको अन्तिम दिन (३४औँ बैठक) बाट ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ।