तरुण खबर
२५ श्रावण २०८२, आईतवार १२:०४
काठमाडाैं, २५ साउन । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यस वर्ष बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको २ अर्ब ५७ करोड १५ लाख रुपैयाँको तुलनामा ४८.८८ प्रतिशतले बढी हो।
नाफामा यति ठूलो वृद्धि हुनुको मुख्य कारण कर्जा नोक्सानीमा आएको कमी हो। बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेपछि कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम पनि ह्वात्तै घटेको छ। यस वर्ष बैंकले जम्मा १० करोड रुपैयाँ मात्र कर्जा नोक्सानीमा राखेको छ, जबकि अघिल्लो वर्ष यो रकम २ अर्ब ४५ करोड रुपैयाँ थियो।
प्रमुख वित्तीय सूचकहरूको अवस्था
निक्षेप र कर्जा: गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


