तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:४२
काठमाडाैं, २६ साउन । नेपालमा हालै प्रवेश गरेको चेतक ईभीले आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा भृकुटीमण्डपस्थित स्टलमा एक विशेष कार्यक्रमकाबीच यसको प्रिमियर गरिएको हो।
चेतकका ब्रान्ड एम्बेसडर तथा लोकप्रिय गायक नितेश जंग कुँवरको प्रस्तुति रहेको यो एन्थमले चेतक ईभीको ‘फुल्ली लाइफप्रुफ’ सन्देशलाई जोड दिएको छ। यसको आइपी ६७ रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, बलियो मेटल बडी र स्मार्ट फिचरहरूलाई गीतमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमित राज चलिसेले चेतक ईभी एउटा साधारण स्कुटर मात्र नभई स्वतन्त्रता र आधुनिकताको प्रतीक भएको बताए। उनले भने, “यो एन्थममार्फत हामी मोबिलिटीलाई संगीत र जीवनशैलीसँग जोड्दै एक सांस्कृतिक परिवर्तन ल्याउन चाहन्छौं।” उनले नितेशले चेतकको युवा र ऊर्जावान् पक्षलाई गीतमा उतारेकोमा प्रशंसा पनि गरे। यो ‘भाइब नै बेग्लै छ’ एन्थम मात्र नभई एउटा अभियान भएको उनको भनाइ छ।


