नेपाली जस्ता गरीब मुलुकले मास्क नलगाउँदा कति फरक पर्छ ?

नेपाली जस्ता गरीब मुलुकले मास्क नलगाउँदा कति फरक पर्छ ? तरुण खबर २ असार २०७८, बुधबार १२:२६
नेपाली जस्ता गरीब मुलुकले मास्क नलगाउँदा कति फरक पर्छ ?

दुई खोप लगाएका व्यक्तिहरुले पनि मास्क लगाउनै पर्छः विज्ञ

काठमाडौं । केही साताअघि अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडिसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको थियो । नयाँ मापदण्डमा उसले खोपका आवश्यक मात्रा लगाइसकेका मानिसलले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्नु नपर्ने उल्लेख ग¥यो ।

अमेरिकामा जस्तै नेपालमा पनि खोपको दुवै मात्रा लगाएका व्यक्तिहरूले मास्क लगाउनु नपर्ने कतिपयको धारणा रहेको पाइन्छ । तर चिकित्सक तथा विज्ञहरूले भने तुलनात्मक रूपमा समृद्ध राष्ट्रको व्यवस्था सिको गर्न सक्ने अवस्थामा नेपाल नरहेको र नेपाली परिवेशमा खोप लगाइसकेका व्यक्तिहरूले समेत मास्क प्रयोग गर्नुपर्ने बताएका छन् ।

यति बेला विश्वभरी कोरोनाभाइरसका विभिन्न प्रकारहरू फैलिरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी संक्रामक भनिएको डेल्टा भेरिअन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनकारी दिएको छ । दुवै खोप लगाइएकालाई पनि फाट्टफुट्ट संक्रमण हुने तर धेरै अप्ठेरो संक्रमण नहुने भन्ने कुरा आइरहेको छ । त्यस कारण मास्क लगाइराख्नु नै उचित हुन्छ, विज्ञहरुले भनेका छन् ।

जबसम्म खोपले कति काम गर्छ भन्ने दुई–तीन वर्षको अनुभव हुँदैन तबसम्म मास्क लगाइरहनु पर्छ । दुवै मात्रा खोप लगाएका मानिसहरूको भेट हुँदा “मास्कको जरुरत कम पर्ने सक्ने“ चिकित्सकहरूले बताएका छन् । तर उनीहरू आफैँ संक्रमणका कारण बिरामी नहुने भए पनि अरूलाई सार्न सक्ने विज्ञहरुको भनाई छ ।

मास्क लगाउँदा श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या वा शरीरलाई चाहिने अक्सिजन नपुग्ने अबस्था आउँदैन । कतिपय पेसाका मानिसहरूले सधैँ मास्क लगाइरहेका हुन्छन् । नेपालमा हालसम्म २४ लाख २२ हजार जनाभन्दा केही बढी मानिसले कोभिड खोपको पहिलो मात्रा लगाएका छन् भने ६,९१,४९४ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन् ।

समुदायमा ठूलो अनुपातमा खोप लगाएको क्षेत्रमा मास्क नलगाउने कल्पना गर्न सकिन्छ । तर हाम्रो चाहिँ समुदायमा खोप लगाउने मानिस यति कम छन् कि हामीले अहिले नै मास्क लगाउनु पर्ने सम्भावना चाहिँ खोपकै कारणले त्यो सम्भावना भन्दा धेरै पर छौ ।

नेपालमा लगाइएका खोपहरूको प्रभावकारिता कति छ र तिनले कति एन्टिबडी बनाए भन्ने कुरा हेर्न सकिने अवस्था नरहँदा नेपालमा ढुक्कसँग मास्क नलगाउन सिफारिस गर्न नसकिने इपिडियोमोलजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) पूर्व निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन् ।

हुन त हाम्रा अस्पतालहरूमा आएका बिरामीहरू हेर्दा जसले खोप लगायो तिनमा सकेत संक्रमण नै कम भयो, संक्रमण भएकै भए पनि गम्भीर नभएको भन्ने हाम्रो प्रारम्भिक ठम्याइ छ । हाम्रोमा लगाइएको खोपको प्रभावकारिता हामीले हेर्छौँ र त्यसले कति एन्टिबडी बनायो हेरेर पर्याप्त एन्टिबडी छ न्यूट्रलाइजेशन गर्न सक्छ, भाइरस छिरे पनि एन्टिबडीले काम गर्न सक्छ भन्न सक्थ्यौँ ।

यता, अमेरिका र ब्रिटेनमा समेत डेल्टा भेरिअन्ट फैलिरहेको देखिएको र अल्फा भेरिअन्टको तुलनामा त्यो “झन्डै ५० देखि ६० प्रतिशत बढी संक्रमणी“ देखिएको संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीले बताएका छन् । कोभिड–१९ को यो प्रकारमा नेपालमा पनि दिइएको अक्सफर्ड–आस्ट्राजेनेकाले विकास गरेको खोपको “दुवै मात्रा चाहिने जस्तो देखिएको“ उनको भनाई छ ।

यस्तो संक्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ बीबीसी न्यूजको अनलाइन संस्करणमा छ । यस्ता नियमहरू डाइनामिक (परिवर्तनशील) भए ।

कुन बेला कतिवटा भेरिअन्ट फैलिएको छ, कति मात्रामा फैलिएको छ, त्यसबाट खतरा कस्तो छ र त्यसका आधारमा यस्ता मास्कसम्बन्धी गाइडलाइन फेरिने भए । खोपले के गर्छ भन्ने स्पष्ट छ । दुई मात्रा लगाएका मानिसलाई खोपले थेग्छ । उनीहरू सिकिस्त हुन सक्ने सम्भावना कम हुन्छ– डा. सुवेदीलाई उदृत गर्दै बीबीसीलेखेको छ ।