आउटरिच नेपाललाई फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार प्राप्त

आउटरिच नेपाललाई फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार प्राप्त तरुण खबर २७ श्रावण २०८२, मंगलवार ०१:२६
आउटरिच नेपाललाई फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार प्राप्त

आउटरिच नेपालले फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार जितेको छ । अगस्ट ८ मा नयाँदिल्लीमा भएको कार्यक्रममा आउटरिचले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनर लेमन र डिजिट–लिइनसँग मिलेर उक्त पुरस्कार जितेको हो । आउटरिचले युनिलिभरका लागि सात, सामसङका लागि दुई, एनसेलका लागि दुई, माउन्टेन ड्युका लागि एक र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको छ ।

प्राप्त पुरस्कारमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कांस्य अवार्ड हुन् । फ्लेम अवार्डस्को आयोजना रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले गरेको हो ।