तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:१०
काठमाडाैं, ३० साउन । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। बिहीबार सामान्य वृद्धि भएको सुनको मूल्य आज भने प्रतितोला ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।


