भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता तरुण खबर १ भाद्र २०८२, आईतवार १२:२३
भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडाैं, १ भदाै । दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी हित, सहकार्य र चासोका विभिन्न विषयमा छलफल भएको छ।

सचिव मिश्रीको यो भ्रमण प्रधानमन्त्री ओलीको यही भदौ ३१ गते हुन लागेको भारत भ्रमणको तयारीका सन्दर्भमा केन्द्रित रहेको बताइएको छ। यस भेटवार्ताले आगामी भ्रमणलाई थप व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।