गेस्ट हाउसमा पत्नीको हत्या गरी फरार सन्तोषलाई प्रहरीले काठमाडौ ल्याउँदै

गेस्ट हाउसमा पत्नीको हत्या गरी फरार सन्तोषलाई प्रहरीले काठमाडौ ल्याउँदै तरुण खबर २ भाद्र २०८२, सोमबार ०१:०१
गेस्ट हाउसमा पत्नीको हत्या गरी फरार सन्तोषलाई प्रहरीले काठमाडौ ल्याउँदै

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको ह’त्या गरेर फरार भएका काभ्रेका सन्तोष सेन्चुरीलाई प्रहरीले पर्साबाट प’क्राउ गरी काठमाडौँ ल्याउँदैछ। साउन २७ गते उनले पत्नी ललिता विकलाई गेस्ट हाउसमा ह’त्या गरी पलङमुनि लुकाएर भागेका थिए। घटना लुकाउन उनले ‘हराएको निवेदन’ समेत दिएका थिए। तर साउन ३० गते शव भेटिएपछि भागेर पर्सा पुगेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।