बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मुक्तिका लागि निरन्तर प्रयासरत छौ : इजरायली राष्ट्रपति

बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मुक्तिका लागि निरन्तर प्रयासरत छौ : इजरायली राष्ट्रपति तरुण खबर २ भाद्र २०८२, सोमबार ०१:०८
बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मुक्तिका लागि निरन्तर प्रयासरत छौ : इजरायली राष्ट्रपति

हमासद्वारा बेपत्ता नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले जेरुसेलममा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई भेटी पहल गर्न आग्रह गरेका छन्।
भेटमा नेपालका राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। राष्ट्रपति हर्जोगले बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मुक्तिका लागि निरन्तर प्रयास भइरहेको बताउँदै यस विषयमा नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग पुनः संवादमा सक्रिय हुन सके थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।
उनीहरूले इजरायली संसद अध्यक्ष अमिर ओहानासँग पनि भेट गरी सहयोगको अपिल गरेका छन्।