बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तरुण खबर ३ भाद्र २०८२, मंगलवार ०२:०५
बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो। यस अघि उनी निलम्बनमा थिए।

उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले आईतबार प्रतिवेदन बुझाएको थियो। बीमा प्राधिकरणको अध्यक्ष हुन ओझाको योग्यता नपुग्ने भन्दै समितिले प्रतिवेदन बुझाएको थियो। सोहि प्रतिवेदनको आधारमा सरकारले उनलाई पदमुक्त गरेको हो ।

ओझा गत फागुनमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।