तरुण खबर
५ भाद्र २०८२, बिहीबार १०:४६
काठमाडाैं, ५ भदाै । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो हालको चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो।
कम्पनीले १ कित्ता बराबर १ कित्ताको अनुपातमा कुल ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद शेयरमा साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले आवेदन दिन पाउनेछन्। यसका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरिसकेको छ।
लगानीकर्ताहरूले असोज १२ गतेसम्म यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।


