भक्तपुरमा बौद्ध धर्मावलम्बीले पञ्चदान पर्व मनाउँदै

भक्तपुरमा बौद्ध धर्मावलम्बीले पञ्चदान पर्व मनाउँदै तरुण खबर ५ भाद्र २०८२, बिहीबार १२:३५
भक्तपुरमा बौद्ध धर्मावलम्बीले पञ्चदान पर्व मनाउँदै

काठमाडाैं, ५ भदाै । आज भक्तपुरमा बौद्ध धर्मावलम्बी नेवार समुदायले ‘पञ्चदान पर्व’ मनाउँदैछन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी, जसलाई ‘गुँलागा त्रयोदशी’ पनि भनिन्छ, मा यो पर्व मनाउने परम्परा रहेको छ।

बौद्ध धर्मावलम्बीका लागि यो एक महत्त्वपूर्ण र ठूलो पर्व मानिन्छ। यस पर्वको अवसरमा भक्तपुरका पाँचवटा बिहारबाट दिपङ्कर बुद्धको मूर्ति निकालिन्छ। त्यसपछि, ती मूर्तिहरूलाई दिनभर नगरका विभिन्न स्थान र बौद्ध बिहारहरूमा परिक्रमा गराएर पर्व मनाइन्छ।