शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो तरुण खबर ६ भाद्र २०८२, शुक्रबार ११:२२
शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडाैं, ६ भदाै । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ। बिहीबार प्रति तोलामा रु १३०० ले बढेको सुनको मूल्य आज रु ४०० ले थप बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला रु १ लाख ९५ हजार २०० तोकिएको छ। यो बिहीबारको मूल्य रु १ लाख ९४ हजार ८०० भन्दा बढी हो। लगातारको मूल्यवृद्धिले सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रति तोला रु ३५ ले बढेको चाँदीको मूल्य आज थप रु २० ले बढेर प्रति तोला रु २ हजार ३१० पुगेको छ।