हिमालयन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने तरुण खबर ६ भाद्र २०८२, शुक्रबार ११:३३
हिमालयन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने

काठमाडाैं, ६ भदाै । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखि योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने भएको छ। यो फण्डको कुल लागत रु ४ अर्ब रहेको छ, जसका लागि प्रतिइकाई रु १० अंकित दरमा ४० करोड इकाई बिक्री गरिनेछ।

यसमध्ये, ५०% अर्थात् रु २ अर्ब बराबरको २० करोड इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिनेछ। बाँकी २० करोड इकाई सर्वसाधारणका लागि खुल्ला गरिनेछ।

यस फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ४ करोड इकाईसम्मका लागि आवेदन दिन पाइनेछ। आवेदन दिने अन्तिम मिति भदौ १८ गते तोकिएको छ। यदि पर्याप्त आवेदन नपरेको खण्डमा आवेदनको म्याद भदौ २९ गतेसम्म थप गर्न सकिनेछ।

योजनाको अवधि इकाई बाँडफाँट भएको मितिदेखि १० वर्षको हुनेछ। यदि न्यूनतम ५०% अर्थात् २० करोड इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिने व्यवस्था रहेको छ।