तरुण खबर
६ भाद्र २०८२, शुक्रबार १२:१०
काठमाडाैं, ६ भदाै । नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष कृष्ण दुलालले नेपाली अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको बताएका छन्। उनले यस क्षेत्रमा लगानी गर्ने जो कोहीले पनि पछि पर्नु नपर्ने दाबी गरेका छन्।
नाडा अटो शो २०२५ को अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै दुलालले अटोमोबाइललाई एक सुरक्षित र स्वस्थ व्यवसायको रूपमा व्याख्या गरेका छन्। उनले कर्मचारीहरूलाई सवारी साधन खरिद गर्न सहज बनाउनका लागि २० वर्षको लामो अवधिको कर्जा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन्।
दुलालका अनुसार, यस्तो व्यवस्थाले धेरै मानिसलाई गाडी किन्न प्रोत्साहित गर्नेछ र यसबाट समग्र अटोमोबाइल बजारको विकासमा ठूलो सहयोग पुग्नेछ। उनले यस विषयमा सरकारको ध्यान जानु अति आवश्यक रहेको पनि बताएका छन्।


