उपसभामुख इन्दिरा राना मगरलाई अमेरिकामा विशेष सम्मान

उपसभामुख इन्दिरा राना मगरलाई अमेरिकामा विशेष सम्मान तरुण खबर ६ भाद्र २०८२, शुक्रबार १२:०५
उपसभामुख इन्दिरा राना मगरलाई अमेरिकामा विशेष सम्मान

अमेरिकाको बोस्टन सिटी काउन्सिलले नेपालको प्रतिनिधि सभाकि उपसभामुख इन्दिरा राना मगरलाई विशेष सम्मान गरेको छ। उनी १८ वर्षको उमेरदेखि प्रहरी हि’रासतमा परेका अभिभावकका बालबालिकालाई आश्रय, शिक्षा र पालनपोषण गर्दै आएकी हुन्। सन् १९९० बाट सुरु भएको उनको निःस्वार्थ सेवाले हजारौं बालबालिकाको जीवनमा नयाँ आशा जगाएको भन्दै अमेरिकामा सम्मान गरिएको हो।