माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न तरुण खबर ८ भाद्र २०८२, आईतवार १२:३९
माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल केन्द्रिय कार्यालमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो । कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।