रुदिक परियारको उपचारका लागि अर्जुन भुसालले उठाइदिए यती ठूलो रकम

रुदिक परियारको उपचारका लागि अर्जुन भुसालले उठाइदिए यती ठूलो रकम तरुण खबर ८ भाद्र २०८२, आईतवार १८:१०
रुदिक परियारको उपचारका लागि अर्जुन भुसालले उठाइदिए यती ठूलो रकम

सामाजिक अभियन्ता तथा चर्चित युटुवर अर्जुन भूषालले असामान्य रूपमा टाउको ठूलो भएर उपचार गर्न गाह्रो भइरहेका परिवारका बालक रुदिक परियारका लागि दुई दिनमै जम्मा २७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ संकलन गराइदिएका छन् ।
उनले ४-५ लाख रुपैयाँको अपेक्षा गरेको तर भगवानरुपी सहयोगीहरूले सोचेभन्दा धेरै सहयोग रकम जम्म्मा गरिदिनुभएको भन्दै, धन्यवादका साथ अब सहयोग बन्द गर्न अर्थात सहयोग नगर्न आग्रह गरेका छन् । पीडितकी आमाले पनि जम्मा भएको त्यो पैसामध्ये यदि १४-१५ लाखमा उपचार भयो भने, ४-५ लाख रुपैयाँ बच्चा पढाउनका लागि राखेर बाँकी पैसा त्यस्तै अन्य पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।