तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:२०
काठमाडाैं, ९ भदाै । आफूमाथि काठमाडौं महानगरपालिकाले विगत दुई वर्षदेखि ‘दमन र ज्यादती’ गरेको आरोप लगाउँदै कवाडी व्यवसायीहरूले सोमबार महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। कवाडी व्यवसायी समाज नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरको ‘अन्यायपूर्ण ज्यादती’ विरुद्ध आन्दोलनमा उत्रिएको जनाएको हो।
सोमबार दिउँसो साढे १२ बजे व्यवसायी र मजदुरहरूको ठूलो समूहले महानगरपालिकाको कार्यालय घेराउ गरी प्रदर्शन गरेका थिए। उनीहरूले महानगर प्रहरीले कवाडी सङ्कलक र मजदुरहरूमाथि कुटपिट गर्ने, सामान जफत गर्ने र संरचना भत्काउने जस्ता अमानवीय कार्य गरेको गम्भीर आरोप लगाएका छन्। विज्ञप्तिमा महानगर प्रहरीको कुटपिटका कारण मजदुरहरूको टाउको फुट्ने र अङ्गभङ्ग हुनेजस्ता घटना बारम्बार दोहोरिएको उल्लेख छ। व्यवसायीहरूले महानगर प्रमुख बालेन्द्र शाहले गरिब र साना व्यवसायीलाई काठमाडौंLबाट हटाउन खोजेको आरोप पनि लगाएका छन्।
मागहरू र विवादको पृष्ठभूमि
व्यवसायीहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूका मुख्य मागहरूमा:
लामो समयदेखि काठमाडौं महानगरपालिकाले अव्यवस्थित कवाडी सङ्कलन केन्द्रहरू हटाउने अभियान चलाउँदै आएको छ, जसकारण व्यवसायी र महानगरपालिकाबीच तनाव बढ्दै गएको छ। कवाडी व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरी महानगरलाई सफा राख्न मद्दत गरिरहेको बताउँछन्। यता, महानगरपालिकाले भने दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको भन्दै आएको छ।


