तरुण खबर
९ भाद्र २०८२, सोमबार १३:५४
काठमाडाैं, ९ भदाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा ‘सेमिनार अन कोशी लिडरसिप: इन्स्पायरिङ् पर्फरमेन्स एन्ड अचिभिङ एक्सेलेन्स’ कार्यक्रम आयोजना गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको यस सेमिनारमा गत आर्थिक वर्षको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा गहन छलफल भएको छ। यसअघि मधेश र बागमती प्रदेशमा पनि यस्तै कार्यक्रम भइसकेको थियो।
प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार
सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्जा, निक्षेप, र खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ।
नवीन सेवा र शाखा विस्तार
‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले हालै विभिन्न नयाँ सेवाहरू पनि सुरु गरेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ र मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा ल्याएको छ।
हाल बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३० हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।


