तरुण खबर
९ भाद्र २०८२, सोमबार १४:०९
काठमाडाैं, ९ भदाै । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसँग छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (टच स्क्यान) मार्फत भुक्तानी गर्दा वेड, डाइग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकले यस अघि पनि डिजिटल भुक्तानीको अधिकतम प्रयोग प्रोत्साहित गर्न ग्राहकहरुलाई विभिन्न अफर र छुट प्रदान गर्दै आएको छ। छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा ए.टि.एम.मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराइरहेको छ।


