झापा इनर्जीको आईपीओ भदौ २० गतेदेखि आउँदै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने

झापा इनर्जीको आईपीओ भदौ २० गतेदेखि आउँदै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:३१
झापा इनर्जीको आईपीओ भदौ २० गतेदेखि आउँदै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने

काठमाडौं, ११ भदौ । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्कासन गर्नेछ। यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा भदौ २४ गतेसम्म र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता र विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि ५७ हजार २९ कित्ता शेयर जारी गरिसकेको छ।