कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:३५
कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल

काठमाडौं, ११ भदौ । अनुभवी व्यवस्थापक डिम प्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा चयन भएका छन्। अर्थ मन्त्रालयबाट सञ्चालकको जिम्मेवारी पाएको केही घण्टामै बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

पदबहाली गरेलगत्तै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए।

यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका पौडेलसँग राष्ट्रिय र बहुराष्ट्रिय संस्थामा दुई दशकभन्दा बढीको व्यवस्थापकीय अनुभव छ। उनको सशक्त नेतृत्व र नयाँ सोचले बैंकको दीर्घकालीन रणनीति र विस्तार योजनामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।