आज नेपालले बंगलादेशसँग भिड्दै, जित्नैपर्ने दबाबमा टोली

आज नेपालले बंगलादेशसँग भिड्दै, जित्नैपर्ने दबाबमा टोली तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:५९
आज नेपालले बंगलादेशसँग भिड्दै, जित्नैपर्ने दबाबमा टोली

काठमाडौं, ११ भदौ । नेपाली यू-१७ महिला राष्ट्रिय फुटबल टोलीले आज भुटानमा जारी च्याम्पियनसिपको महत्त्वपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। भुटानको चाङ्लिमिथाङ स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुने यो खेल नेपालका लागि जित्नैपर्ने दबाब छ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन खेलमध्ये एकमा मात्र जित हासिल गरेको छ। पहिलो खेलमा भारतसँग ७-० को फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई २-१ ले हराएर लयमा फर्किएको संकेत दिएको थियो। तर, तेस्रो खेलमा भने नेपाल बंगलादेशसँग ३-० ले पराजित हुन पुग्यो।

भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी यस डबल राउन्ड-रोबिन प्रतियोगितामा नेपालले अब अगस्ट २९ मा भारत र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ। उपाधि होडमा रहिरहन नेपालका लागि आजको खेलमा जित हासिल गर्नु अनिवार्य छ।