तरुण खबर
१२ भाद्र २०८२, बिहीबार १२:५८
काठमाडाैं, १२ भदाैं । सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम लाई पुन: सञ्चालनमा ल्याउन ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार कर्जाको सीमा बढाइएको छ भने ब्याज अनुदानको दर भने घटाइएको छ। विगत दुई वर्षदेखि अघोषित रूपमा रोकिएको यो कार्यक्रम अब फेरि सुरु हुने भएको छ।
कर्जाका प्रमुख शीर्षक र नयाँ सीमाहरू:
ब्याज अनुदानमा कटौती र नयाँ प्रावधान:
सरकारले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदानको दर ३ प्रतिशतमा झारेको छ। यसअघि महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य शीर्षकमा ५ प्रतिशतसम्म अनुदान दिइँदै आएको थियो। यसका साथै, बैंकहरूले आधार दरमा थप्ने प्रिमियम दर पनि २ प्रतिशतबाट घटाएर १.५ प्रतिशत मा सीमित गरिएको छ।
संशोधित कार्यविधिअनुसार एक घरपरिवारका एक सदस्यले मात्रै यो कर्जा पाउनेछन्। कर्जा किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ र एक पटक स्वीकृत भएको सीमा पुन: बढाउन पाइने छैन। ब्याज अनुदान अधिकतम ५ वर्षसम्म मात्र प्राप्त गर्न सकिनेछ।
यो कार्यक्रम अब २०८७ असार मसान्तसम्म मात्र लागू हुनेछ। यसबाट परम्परागत सीप र पेशालाई आधुनिकीकरण गर्न तथा उद्यमशीलता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।


