प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली: नेपाल टेक मार्केटको नयाँ पहल

प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली: नेपाल टेक मार्केटको नयाँ पहल तरुण खबर १२ भाद्र २०८२, बिहीबार १३:२६
प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली: नेपाल टेक मार्केटको नयाँ पहल

काठमाडाैं, १२ भदाैं । नेपाल टेक मार्केटले नेपालको फोहोर व्यवस्थापन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले एक नयाँ स्मार्ट प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले फोहोर संकलन, व्यवस्थापन, र भुक्तानीलाई अझै प्रभावकारी र डिजिटल बनाउने लक्ष्य राखेको छ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधान का अनुसार, यस प्रणालीमा नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरूको प्रयोग गरिएको छ। यो प्रयोगकर्ता-मैत्री, सुरक्षित र चलाउन सजिलो छ। प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेल ले यसले फोहोर व्यवस्थापनमा संलग्न सबै पक्षलाई जोड्ने बताइन्।

को-कोले प्रयोग गर्न सक्छन्?

यो प्रणाली फोहोर व्यवस्थापन गर्ने कम्पनीहरू, घरधुरी, अस्पताल, होटल, विद्यालय र सरकारी संस्थाहरूका लागि उपयोगी हुनेछ। यसले सबै पक्षबीच अन्तरसम्पर्क स्थापित गर्दछ। यस प्रणालीमार्फत फोहोर व्यवस्थापन शुल्कको अनलाइन भुक्तानी पनि गर्न सकिन्छ। यसका साथै, नगरपालिकाका लागि एउटा छुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ, जहाँबाट अधिकारीहरूले आफ्नो नगर वा वडामा भइरहेका फोहोर व्यवस्थापनका गतिविधिहरूबारे जानकारी लिन सक्नेछन्।

कृत्रिम बुद्धिमत्ताको प्रयोग

डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केटका सीईओ चिरञ्जीवी अधिकारी ले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको जानकारी दिए। यसले फोहोर व्यवस्थापन प्रक्रियालाई अझ बढी सहज र प्रभावकारी बनाउने उनको विश्वास छ।

अन्य सेवाहरू

नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक वेब र मोबाइल एप्लिकेसन विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता, वेब होस्टिङ, र आईटी तालिमजस्ता अन्य सेवाहरू पनि प्रदान गर्दछ।

यस नयाँ प्रणालीले फोहोर व्यवस्थापनलाई डिजिटल समाधानसँग जोडेर समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेको छ, जसले नेपालका शहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।