प्राविधिक तथा व्यावसायिक शिक्षालाई तिनै तहमा विस्तार गर्ने : सभामुख

प्राविधिक तथा व्यावसायिक शिक्षालाई तिनै तहमा विस्तार गर्ने : सभामुख तरुण खबर १३ भाद्र २०८२, शुक्रबार ०२:१८
प्राविधिक तथा व्यावसायिक शिक्षालाई तिनै तहमा विस्तार गर्ने : सभामुख

सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमलाई सरकारको तीनै तहमा विस्तारका लागि काम गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले टिभीइटी क्षेत्रलाई राज्यले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको भन्दै यसको विकासका लागि काम गरिरहेको बताएका हुन् । 

उनले भने, ‘प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (सीटिईभीइटी) क्षेत्रलाई देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको छ । यिनै कुराहरुलाई ध्यानमा राख्दै नेपालका टिभीइटी क्षेत्रको सुधारका लागि तीनै तहका सरकारलाई उनीहरुको भूमिका कार्यान्वयन गर्न सक्षम बनाउनको लागि हामी अहिले विभिन्न कार्यक्रमहरु साथ अगाडि बढिरहेका छौ। साथै हाल नीतिगत तथा कानुनी पक्षहरुमा पनि समयकुल सुधारको प्रयासमा छौ।’

सभामुख घिमिरेले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम (सीटिईभीइटी)ले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा काम गर्ने बताए ।