तरुण खबर
१३ भाद्र २०८२, शुक्रबार ११:५९
काठमाडौं, १३ भदौ । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा दावी भुक्तानीमा उल्लेख्य वृद्धि गरेका छन्। हालै प्रकाशित वित्तीय विवरणअनुसार, १४ वटा प्रमुख जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१-८२ मा कुल ७८ अर्ब ७२ करोड १ लाख रुपैयाँको दावी भुक्तानी गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो।
गत वर्ष अधिकांश कम्पनीहरूले भुक्तानी बढाए पनि भुक्तानी हुन बाँकी दावी रकम पनि ५५ प्रतिशतले बढेको छ। कम्पनीहरूले अझै ६ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ।
दावी भुक्तानीमा अग्रपंक्तिमा रहेका कम्पनीहरू:
बक्यौता रकम सबैभन्दा धेरै रहेका कम्पनीहरू:
यसैगरी, हिमालयन लाइफले ७ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमाले ६ अर्ब ५६ करोड र सूर्यज्योतिले ३ अर्ब ६९ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीको भने भुक्तानी हुन बाँकी दावी रकम शून्य देखिएको छ। यस्तै, रिलायबल, मेट लाइफ, हिमालयन लाइफ र आइएमई लाइफको भुक्तानी बाँकी रकम घटेको छ।


