तरुण खबर
१३ भाद्र २०८२, शुक्रबार १३:५९
काठमाडौं, १३ भदौ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा उत्साहजनक व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, एकै महिनामा कम्पनीहरूले कुल ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन्। यो व्यापार २ लाख १५ हजार २८५ वटा बीमालेख बिक्रीबाट भएको हो।
साउन महिनामा व्यवसायको आकारका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले २१ हजार १५१ वटा बीमालेख बिक्री गरी ४५ करोड ५४ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ।
यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४१ करोड ७९ लाख रुपैयाँको व्यापारसहित दोस्रो स्थानमा रह्यो। यस कम्पनीले २२ हजार ५०३ वटा बीमालेख जारी गरेको छ। तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले २५ हजार २३७ बीमालेख बिक्री गरी ४१ करोड ५५ लाख रुपैयाँको व्यवसाय गरेको छ।
शीर्ष तीनबाहेक, अन्य प्रमुख कम्पनीहरूले पनि राम्रो व्यापार गरेका छन्। ओरियण्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख, हिमालयन एभरेष्टले ३६ करोड ५२ लाख, एनएलजीले ३४ करोड ३१ लाख, आइजीआई प्रुडेन्सियलले ३३ करोड ८१ लाख र नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्।
अन्य कम्पनीहरूमा युनाईटेड अजोडले २९ करोड ६७ लाख, नेपाल इन्स्योरेन्सले २३ करोड ६ लाख, सानिमा जीआईसीले २२ करोड ३६ लाख, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख र प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँको व्यवसाय गरेका छन्। यी तथ्यांकले नेपाली निर्जीवन बीमा बजारमा व्यवसायिक गतिविधि तीव्र भएको संकेत गर्छ।



