नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ खिच्ने

नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ खिच्ने तरुण खबर १५ भाद्र २०८२, आईतवार १२:०६
नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ खिच्ने

काठमाडाैं, १५ भदाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता (liquidity) लाई व्यवस्थापन गर्न आज, भदौ १५ गते ५५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।

केन्द्रीय बैंकले मध्याह्न ३ बजे बोलकबोल (auction) मार्फत २१ दिनका लागि यो रकम निक्षेप संकलन गर्न लागेको हो। निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा हुनेछ र यसमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको गुणनमा हुने गरी कुल आह्वान रकमसम्मको बोल गर्न सक्नेछन्।

संकलित रकमको सावाँ र ब्याज भुक्तानी आगामी असोज ५ गते हुनेछ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।