पोखरामा ओमोडा र जेकोको नयाँ शोरूम, जेको जे५ गाडी सार्वजनिक

पोखरामा ओमोडा र जेकोको नयाँ शोरूम, जेको जे५ गाडी सार्वजनिक तरुण खबर १५ भाद्र २०८२, आईतवार १२:२२
पोखरामा ओमोडा र जेकोको नयाँ शोरूम, जेको जे५ गाडी सार्वजनिक

काठमाडाैं, १५ भदाै । पोखराको शिवचोकमा ओमोडा र जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस अवसरमा कम्पनीले गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरेको छ।

करिब २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको यो शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित सञ्चालनमा ल्याइएको छ। यसले ग्राहकहरूलाई गाडी खरिद, मर्मतसम्भार र पार्टपुर्जाको सेवा एकै ठाउँबाट दिने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार, अत्याधुनिक प्रविधि जडान गरिएको सर्भिस सेन्टरमा अनुभवी प्राविधिकहरूले सेवा दिनेछन्।

जेको जे५ गाडीका मुख्य विशेषताहरू

शोरूमको उद्घाटनसँगै पोखरामा सार्वजनिक गरिएको नयाँ जेको जे५ लक्जरी एसयूभी वर्गमा आकर्षक डिजाइन र शक्तिशाली विशेषताका कारण अलग पहिचान बनाउने कम्पनीको विश्वास छ। यसमा १८५ मिलिमिटरको ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलका साथै ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस जस्ता सुविधा रहेका छन्।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्य रहेको थियो। इलाइट मोटर्सका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरामा प्रिमियम उत्पादन र उन्नत सेवामार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।