दीपकराज, दीपाश्रीसहित ८६ कलाकारलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’

दीपकराज, दीपाश्रीसहित ८६ कलाकारलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ तरुण संवाददाता १५ भाद्र २०८२, आईतवार १७:१४
दीपकराज, दीपाश्रीसहित ८६ कलाकारलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको हो।

कार्यक्रममा मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मानित गर्दै परिचयपत्र वितरण गरेका थिए। चलचित्र विकास बोर्डले वितरण गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’लाई औपचारिक रूपमा चलचित्रकर्मीको पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ।

कार्यक्रममा सहभागी चलचित्रकर्मीले आफूले पाएको परिचयपत्रले आफ्नो पेशागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । विशिष्ट चलचित्रकर्मी परिचयपत्र पाउनेमा दीपकराज गिरी, दीपाश्री निरौला, मुकुन्द मैनाली, जितु नेपाल, बुद्धि तामाङलगायत छन् ।