सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफ्ना शाखामा सेमिनार सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफ्ना शाखामा सेमिनार सम्पन्न तरुण खबर १६ भाद्र २०८२, सोमबार ०१:५०
सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफ्ना शाखामा सेमिनार सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफ्ना शाखामा सेमिनार आयोजना गरेको छ ।

बैंकले ‘इन्स्पाएरिङ लिडरसिप एन्ड पर्फमेन्स सेमिनार : अचिभिङ बजेट गोल्स एन्ड अपेरेसनल सक्सेस इन गण्डकी, कर्णाली एन्ड सुदूरपश्चिम’ नामक कार्यक्रम आयोजना गरेको छ । सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबिच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तक्र्रिया भएको बैंकले जनाएको छ । हालै मधेश, बागमती र कोशी प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो । त्यसैको निरन्तरतास्वरूप गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काठमाडौंलाई केन्द्र बनाएर त्यसै किसिमको सेमिनार गरिएको बताइएको छ ।

बैंकले गत आवको असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।