प्रभु महालक्ष्मीका सीईओ सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

प्रभु महालक्ष्मीका सीईओ सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित तरुण खबर १७ भाद्र २०८२, मंगलवार ११:४१
प्रभु महालक्ष्मीका सीईओ सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

काठमाडाैं, १७ भदाै । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित भएका छन्। छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत उनलाई यो सम्मान प्रदान गरिएको हो।

सोमबार आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसाईलाई उक्त अवार्ड प्रदान गरेका हुन्। बीमा क्षेत्रमा उनको योगदानको कदरस्वरूप यो सम्मान दिइएको बताइएको छ।

तत्कालीन बीमा समितिदेखि हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा उनले नेपाली बीमा बजारमा पुर्‍याएको योगदान अतुलनीय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो। प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यवसाय वृद्धि गरेको थियो।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डले नेपाल लगायत एसियाका विभिन्न देशका आ-आफ्नो पेशामा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।