सन नेपाल लाइफको संस्थागत सुशासन सम्बन्धी विशेष तालिम सम्प्पन

सन नेपाल लाइफको संस्थागत सुशासन सम्बन्धी विशेष तालिम सम्प्पन तरुण खबर १७ भाद्र २०८२, मंगलवार १३:०१
सन नेपाल लाइफको संस्थागत सुशासन सम्बन्धी विशेष तालिम सम्प्पन

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी, तथा उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।