तरुण खबर
१८ भाद्र २०८२, बुधबार ११:१७
काठमाडाैं, १८ भदाै । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो दुई दिनमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा रु २,०७,९०० पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
मंगलबार तोलामा रु ६०० ले बढेको सुनको मूल्य बुधबार भने एकै दिन रु २,००० ले वृद्धि भएको छ। मंगलबार छापावाल सुन प्रतितोला रु २,०५,९०० मा कारोबार भएको थियो।
सुनको भाउ बढिरहेका बेला चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। बुधबार चाँदीको मूल्य तोलामा रु ५ ले घटेर रु २,४८० मा कारोबार भएको छ। मंगलबार चाँदी प्रतितोला रु २,४८५ मा किनबेच भएको थियो।


