किसानको अनुदानको मल लुकाउने व्यापारी पक्राउ

किसानको अनुदानको मल लुकाउने व्यापारी पक्राउ तरुण खबर १८ भाद्र २०८२, बुधबार १३:०३
किसानको अनुदानको मल लुकाउने व्यापारी पक्राउ

काठमाडाैं, १८ भदाै । सरकारले किसानका लागि पठाएको अनुदानको मल लुकाएर राखेको अभियोगमा उदयपुरको कटारीबाट एक व्यापारी पक्राउ परेका छन्। कटारी बजारमा किराना पसल चलाउँदै आएका दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

भदौ १२ गते गरिएको बजार अनुगमनका क्रममा चौधरीको गोदाममा करिब २०० बोरा अनुदानको मल लुकाएर राखेको फेला परेको थियो। प्रहरीले उक्त गोदामलाई शिलबन्दी गरेर चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले चौधरीलाई ६ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

पक्राउ गरिएका व्यापारीले भण्डारण गरेको मल अहिले सर्वदलीय सहमतिमा किसानहरूलाई वितरण गर्न थालिएको छ। कटारी नगरपालिकाको १ देखि ७ नम्बर वडासम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ।

किसानहरूले उक्त मल प्रतिबोरा १ हजार रुपैयाँमा खरिद गर्न पाउनेछन् र त्यसबाट उठेको रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरिने भएको छ।