तरुण खबर
६ असार २०७८, आईतवार १०:१७
काठमाडौं । लामो समयदेखि गायनमा सक्रिय रहेका कपिल सापकोटाले आफ्नो नयाँ गीत लाला ल्यान्ड सार्वजनिक गरेका छन् । सार्वजनिक भएको छोटो समयमै यस गीतले युट्युबमा २ लाख ६० हजारभन्दा धेरै भ्युज पाइसकेको छ ।
मेक मनी रेकडस्को युट्युब च्यानलबाट सार्वजनिक गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । डिप स्पेस डट कोले गीतको भिडियो निर्माण गरेको छ ।
गायक सापकोटा फरक–फरक स्वादका गीतहरु गाउन रुचाउँछन् । उनले चाडैं नै अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन् । ‘मलाई फरक स्वादका गीतहरु गाउन मनपर्छ । दर्शक र शुभचिन्तकहरुको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ,’ कपिलले भने ।


