तरुण खबर
१८ भाद्र २०८२, बुधबार १३:१२
काठमाडाैं, १८ भदाै । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना (साउन) मा नै उल्लेखनीय कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, चारवटा लघु निर्जीवन बीमा कम्पनीले एक महिनामा २८ हजारभन्दा बढी बीमालेख बिक्री गरेर झन्डै ८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
साउन महिनामा २८ हजार ४५६ वटा बीमालेख बिक्री गरेर यी कम्पनीहरूले कुल ७ करोड ८२ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्।
कम्पनीहरूको तथ्याङ्क हेर्दा:
यसले नेपाली बजारमा लघुबीमाको माग बढिरहेको र यस क्षेत्रको विस्तारको सम्भावना ठूलो रहेको देखाउँछ।


