सुनको मूल्यमा कीर्तिमानी वृद्धि, प्रति तोला २५०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा कीर्तिमानी वृद्धि, प्रति तोला २५०० रुपैयाँले बढ्यो तरुण खबर २० भाद्र २०८२, शुक्रबार १२:१५
सुनको मूल्यमा कीर्तिमानी वृद्धि, प्रति तोला २५०० रुपैयाँले बढ्यो

काठमाडाैं, २० भदाै । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला २५०० रुपैयाँले बढेर २ लाख १० हजार ४०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुनको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँमा स्थिर रहेको थियो।

सुनसँगै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको भाउ प्रति तोला १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। अघिल्लो दिन चाँदी २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।