नाडाको विशेष साधारण सभा स्थगित

नाडाको विशेष साधारण सभा स्थगित तरुण खबर २० भाद्र २०८२, शुक्रबार १३:०३
नाडाको विशेष साधारण सभा स्थगित

काठमाडाैं, २० भदाै । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २४ गते ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ मा गर्ने भनिएको विशेष साधारण सभा स्थगित गरेको छ। नाडाले बिहीबार एक सूचना प्रकाशित गर्दै भदौ १९ गते बसेको २२औँ केन्द्रीय कार्य समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ।

सभा स्थगनको कारण भने खुलाइएको छैन। नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति तोकी पुनः सूचना प्रकाशित गरिने बताएको छ। यस सम्बन्धमा सबै सदस्यहरूलाई जानकारी गराइएको पनि सूचनामा उल्लेख छ।