तरुण खबर
७ असार २०७८, सोमबार ०९:२५
चाउयन लाई श्रेष्ठ
असार ३ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य महेश आचार्यबीच नोकझोक भएको समाचार बाहिरियो । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य आचार्यले विपक्षी गठबन्धनमाथि प्रश्न उठाएका थिए । पूर्व प्रधानमन्त्रीहरुको नाममा संयुक्त वक्तव्य आउने क्रम बढेको भन्दै केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल हुनुपर्ने बताएका थिए । आचार्यको भनाईको प्रतिवाद गर्दै सभापति देउवाले गठबन्धन बनाएपछि समान धारणा आउनु स्वभाविक भएको भन्दै देउवाले गठबन्धन गर्न हुँदैन भन्ने हो भने अदालत जानु अघि नै किन नभनेको ? प्रति प्रश्न गर्दै देउवाले आचार्यसँग सोधेका थिए । १४औं महाधिवेशनको संघारमा आई पुगेको नेपाली काँग्रेसको यो विवाद प्रारम्भ विन्दु हो । क्रियाशिल सदस्यता विवाद, निर्वाचन भए छ नै भने पनि यसबीचमा उठ्ने नयाँ नयाँ विवादजस्ता कुरालाई स्वभाविक मान्नु पर्ने अबस्था छ । किन भने नेपाली काँग्रेस भारतीय काँग्रेसको हालमा पुग्ने कि नेपाली काँग्रेसले पुरानो इतिहास जोगाउँदै पुर्नजीवन दिने भन्ने दोसाँधमा अडिएको छ ।
बाबुराम भट्टराईको उक्साहटमा गठबन्धनमा संलग्न पूर्व प्रधानमन्त्रीहरुले विज्ञप्ति निकालेका थिए । भारतसँग बाबुराम भट्टराईको सम्बन्ध विग्रेकाले सबैलाई उनले घानमा हालेको हुन सक्ने बताइन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हस्ताक्षर गर्नबाट अलग बसेको भए नेपाली काँग्रेसको शाख जोगिन सक्थ्यो कि भन्ने झिनो आशा थियो । यद्यपी खस्कदै गएको इमेजमा थोरै भए पनि नेपाली काँग्रेसले राहत पाउथ्यो कि ?
पुष्पकमल दाहाल प्रचण्ड जुन् गठबन्धनमा हुन्छन्, त्यो पार्टी वा गठबन्धन समाप्त भएको इतिहास छ भन्ने कुरा नेपाली काँग्रेसले बुभ्mन नसक्नु दुःखको कुरा हो । पुष्पकमल दाहाल नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन, युवा लिगको २०३६ सालमा पहिलो पटक महासचिव बनेका थिए, उनी २०४० सालमा युवा लिगको अध्यक्ष बनेका दाहाल त्यसको तीन वर्षपछि नै नेपाल कम्युनिष्ट पार्टी मशालको महासचिव बनेका हुन् उनी । मोहन वैद्यजस्तो इतिहास बोकेको कम्युनिष्ट आन्दोलनको नेतालाई फालेर पार्टी नेता बन्न सक्ने पुष्पकमल दाहाल मृतभावना बोकेका कार्यकर्ता हुन् । उनलाई म नेता भन्न सक्दिन । उनमा निरंकुश प्रवृति हावी छ । दाहालका बच्चादेखि साथी रामबहादुर थापा बादलले पुष्पकमल दाहालसँगको मित्रता परित्याग गर्दै एमाले प्रवेश गरेको घटनालाई विश्लेषण गर्दा संगत गर्न छैनन् उनी । त्यसैले नेपाली काँगे्रसले माओवादीसँग बनाएको गठबन्धन अत्यान्तै खराब काममध्येमा एक हो भन्ने लाग्छ ।
मोहन वैद्यजस्तो इतिहास बोकेको कम्युनिष्ट आन्दोलनको नेतालाई फालेर पार्टी नेता बन्न सक्ने पुष्पकमल दाहाल मृतभावना बोकेका कार्यकर्ता हुन् । उनलाई म नेता भन्न सक्दिन । उनमा निरंकुश प्रवृति हावी छ । दाहालका बच्चादेखि साथी रामबहादुर थापा बादलले पुष्पकमल दाहालसँगको मित्रता परित्याग गर्दै एमाले प्रवेश गरेको घटनालाई विश्लेषण गर्दा संगत गर्न छैनन् उनी । त्यसैले नेपाली काँगे्रसले माओवादीसँग बनाएको गठबन्धन अत्यान्तै खराब काममध्येमा एक हो भन्ने लाग्छ ।
हुन पनि हो, नेपाली काँग्रेसले पुरानो इतिहास संरक्षण गर्न वा जोगाउन सकेको छैन । अर्थात अहिले नेपाली काँग्रेसले आप्mनो अलग्गै पहिचान बचाउन सकेको छैन । माओवादीले काँग्रेसलाई डो¥याएर हिडाई रहेको आम कार्यकर्ता बुझाई छ । नेपाली काँग्रेस माओवादीको पछिपछि हिडिरहेको काँग्रेसका कार्यकर्ताले महशुस गरिरहेका छन् । के त काँग्रेस कार्याकर्ताको बुझाई जस्तै हो त ? शाख गिरेकै हो त ? यही विषयमा चर्चा गर्न मन लागेर विषय उठान गरेको हुँ ।
२००३ साल माघ १२ गतेदेखि १५ गतेसम्म प्रथम महाधिवेसन गरेको नेपाली काँग्रेसले २००७ साल फागुन ७ गते देशलाई प्रजातन्त्र दियो । करीब चार वर्ष शसस्त्र क्रान्ति गरेर देशमा शासन गरिरहेको राणातन्त्रको जरोकिलो उखेलेर फालेको पार्टी हो नेपाली काँग्रेस । नेपाली काँग्रेसका शिर्ष नेताहरु शसस्त्र क्रान्तिको अग्रमोर्चामा खटेका थिए । जेलमा भएकाले टंकप्रसाद आचार्यलाई काँग्रेसको सभापति बनाइएको थियो भने संस्थापक नेता बीपी कोइराला कार्यकारी सभापति बनेका थिए । बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायत ११ जना नेपाली काँग्रेसका संस्थापक थिए । नेपाली काँग्रेसको कार्यालय सचिवमा ईश्वर बराल थिए । नेपाली काँग्रेसको त्यो प्रतिष्ठा र ईज्जत अहिले हराउँदै गएको छ ।
२००७ सालको क्रान्तिको जग नेपाली काँग्रेसले २००६ साल प्रकाशित गरेको पहिलो घोषणपत्र नै हो । कोलकात्तामा सम्पन्न नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकता महाधिवेशन (चौथो) बाट पारित घोषणापत्रमा भनिएको थियो– ७५ प्रतिशत पहाडेहरु एक छाक अन्न र एउटा घरका लागि हाहाकार मच्चाई रहेका छन् । तराईवासीको अबस्था अझै विकट छ । देशको सम्पतिको मुख्या भाग राणाशासकको बिर्ता बनिसकेको अबस्था छ । फलतः नेपालमा अहिले दुई आर्थिक वर्ग बाँकी छन् । एक हो– शासक वर्ग, जोसँग कुबेरको ढुकुटी छ । दोस्रो हो– गरीब प्रजा, जो प्रतिदिन लुटिदै छन् । मध्यम वर्ग प्रतिदिन कंगाल वर्गमा बदलिँदै छन् । नेपाली काँग्रेसले २००६ सालमा गरेको विश्लेषण हो यो । त्यो प्रख्याति कमाएको नेपाली काँग्रेसको आजको अबस्था देखेर हामीजस्ता हजारौं कार्यकतालाईि चिन्तितः बनाएको छ । १४औं महाधिवेसको संघारमा यो विषयमाथि गम्भिर छलफल र बहस होस् भन्ने मात्र मेरो अभिप्रय हो । नेपाली काँग्रेसलाई राप्रपा बनाउँने कि नेपाली काँग्रेसलाई पुर्नताजगी गर्ने ? कार्यकर्ताकै शक्तिमा भर पर्ने छ ।
(लेखक श्रेष्ठ नेपाली काँग्रेसका नेता हुन्)


