सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार रुपैयाँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार रुपैयाँ तरुण खबर २२ भाद्र २०८२, आईतवार ११:४५
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार रुपैयाँ

काठमाडाैं, २२ भदाै । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा १,६०० रुपैयाँले बढेको हो। यसअघि गत शुक्रबार पनि सुनको मूल्य तोलामा २,५०० रुपैयाँले बढेर २ लाख १० हजार ४०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ८ रुपैयाँले बढेर २ हजार १४३ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।